
काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको हो ।
यसअघि समितिमा रहेका दुई सदस्यले राजीनामा दिएका थिए । पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्व पौडेलले सदस्यबाट राजिनामा दिएपछि सरकारले समिति पुनर्गठन गरेको हो ।
ती दुई सदस्यको स्थानमा डा. पोषराज पाण्डे र निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य राखिएको सरकारका प्रवक्ता पृथ्बी सुब्बा गुरुङले जानकारी दिए ।
समितिको नेतृत्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्