३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेटमा निर्धारण गर्नुपर्छ : सांसद पाण्डे


169
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुलाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेट निर्धारण गरि काम अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भइसकेपछि थन्किएको बताउँदै उक्त विमानस्थल निर्माण हुनुपर्ने बताउनुभयो । उहाँले बुढी गण्डकी जलविद्युत आयोजना निर्माण र अन्य जलासययुक्त आयोजना निर्माणमा बजेटमा ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद पाण्डे लामो समयदेखि पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग अधुरो अवस्थामा रहेकाले त्यसलाई पूरा गर्नेगरि बजेट ल्याउन सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्रीले सिंहदरबारबाट रिमोट थिचेर ५ शैंयाका अस्पताल प्रत्येक पालिकामा बनाउने भन्नुभएको थियो । उक्त अस्पतालहरु निर्माणका लागि यो बजेट आउनेछ भन्नेमा आपूm ढुक्क रहेको बताउनुभयो ।

सांसद पाण्डे पर्यटन उद्योगको विकासका लागि निजी क्षेत्रलाई सहभागी गराउनसके लाखौं रोजगारी सिर्जना र करोडौं विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भुमिका खेल्नेछ ।