३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


एमालेले गैह्र आवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैन : प्रधानमन्त्री ओली


377
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैह्र आवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गैह्र आवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले गैह्र आवासीय नेपाली संगठनलाई विधिसम्मत रुपमा चल्न पनि आग्रह गर्नुभयो । अहिलेको विश्व विधिको भएकाले विधि तोडेर अगाडि जानेकुरा स्वेच्छाचारिता हुने जिकिर गर्नुभयो । उहाँले गैह्र आवासीय नेपाली संगठनलाई राजनीतिक दलहरुका जनवर्गीय संगठन बन्नबाट बचाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गैह्र आवासीय नेपाली संगठनलाई कसैको स्वार्थका लागि प्रयोग हुनबाट बँचाएर देशको हितमा काम गर्ने बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गैह्र आवासीय नेपाली संगठनले विधिसम्मत गरेका काममा सरकारको सधैँ साथ रहने बताउनुभयो ।