३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


शेयर बजारमा गिरावट


390
Shares

काठमाडौं । शेयर बजारले मंगलबार पनि गिरावटलाई निरन्तरता दिएको छ ।

दिनभरको उतार चढावकाबीच बजार परिसूचक नेप्से १४ दशमलव ८७ अंकले घट्दै २६ सय ३४ दशमलव २३ को विन्दुमा झरेको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये १० वटा उपसमूह घटेका छन् । जसमा व्यापार उपसमूह सर्वाधिक २ दशमलव ४६ प्रतिशतले घटेको छ ।

विकास बैंक, उत्पादन र जीवन वीमा उपसमूह सामान्य अंकले हरियो बनेका छन् । घटेको बजारमा पनि क्रेष्ट माइक्रो इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर नेपाल माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले भने सर्वाधिक ६ दशमलव २२ प्रतिशतले गुमाएका छन् ।

१६८ वटक कम्पनीको शेयर मूल्य घट्ना ६८ वटाको बढेको छ भने एटा कम्पनीको शेयर मूल्य स्थीर देखिएको छ ।

मंगलबार दिनभरमा ३१४ वटा स्टकको दुई करोड, १८ लाख २८ हजार कित्ता शेयर नौ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । कारोबार रकमका आधारमा मंगलबार युनिभर्सल पावर कम्पनीको सर्वाधिक ६७ करोड २० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।