३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिमा राखेको विषयमा सर्वोच्चबाट कारण देखाउ आदेश जारी


0
Shares

काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई जेठ ४ गते छलफलमा बोलाएको हो । अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गठित गभर्नर सिफारिस समितिमा नियुक्त गरिएको भन्दै आइतबार रिट दर्ता गर्नुभएको थियो । अधिकारीले चैत २४ मा उमेर हदका कारण अवकाश पाएका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ गते गभर्नर सिफारिस समिति गठन भएको थियो । समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई वैशाख १७ गते सो समितिमा नियुक्त गरिएको थियो ।