३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’


520
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विनियाजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विरोधाभास र अलमल रहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथकिताबीच तालमेल नभएको बताउनुभयो । उहाँले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा बनेपातिर हिँड्ने लक्ष्य राखेको तर थानकोटतिर पाइला चालिरहेको भान भएको टिप्पणी गर्नुभयो ।

सांसद बस्नेतले आफूहरुले विगतमा भएका कमजोरीको आत्मआलोचना र प्रतिबद्धतासहित प्रश्तुत हुन खोजेको उल्लेख गर्दै सरकारले पनि सोही आधारमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सहकारीसहितको मिश्रित अर्थतन्त्रलाई नेपालको आर्थिक सिद्धान्तको रूपमा स्पष्ट रूपमा अंगीकार गर्नुपर्नेमा जोड दिनुभयो ।

आर्थिक नीतिमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको सांसद बस्नेतको भनाइ छ ।