Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौं : सांसद सिंह


1.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा मंगलबार बोल्दै सांसद सिंहले‘संघको बजेट आउनु भन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट कायम गर्नुपर्ने भन्दै दर रेट कायम गर्दा अर्बौं रुपैयाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गरेको उल्लेख गर्नुभयो । उहाँले रट, सिमेन्ट, आदिमा दर रेट कायम गर्दा राजश्व कार्यालयलाई पनि राय लिनुपर्ने बताउनुभयो । नीतिगत भ्रष्टाचार रोक्न माग गर्नुभयो ।

राजश्व कार्यालयसँग राय लिएपछि मात्रै दर रेट कायम गर्न सांसद सिंहको आग्रह छ ।