
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा आयोजित २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवसको उद्घाटन गर्नुभएकोे छ ।
समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय र प्रदेश सांसदहरू, विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगायतको सहभागिता रहेको छ ।
बुद्ध जयन्तीका अवसरमा हिजोदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम भई रहेकाछन् । आज मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलिसम्म विभिन्न कार्यक्रम गरिँदै छन् ।
मूल समारोहअघि बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभा यात्रा निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्