२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


विद्युत प्राधिकरणको आर्थिक विवरण सार्वजनिक गर्न रुलिङको माग


754
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले प्राधिकरणका निवर्तमान र वर्तमान प्रवन्ध निर्देशकहरुले जानकारी गराएको खर्च र आम्दानीको विवरणले आम जनतामा अन्यौलता सिर्जना गरेको बताउनुभयो ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ६१ करोड रुपैयाँ नाफामा रहेको दाबी गर्नुभएको थियो । प्राधिकरणलाई नाफामा देखाउँदै घिसिङले सर्वसाधारणमा आईपीओ जारी गर्ने उद्घोष समेत गर्नुभएको थियो । तर प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दैै प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गर्नुभयो ।

प्रमुख सचेतक पाण्डेकाअनुसार प्राधिकरण अहिलेपनि ५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ ।