२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


गणतन्त्र र राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुन जरुरी : अध्यक्ष लिङ्देन


169
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुन जरुरी रहेको बताउनुभएको छ ।

राजसंस्था पुनःस्थानाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकतालाई ध्रुवीकरण हुन आह्वान गर्नुभएको हो ।

अध्यक्ष लिङ्देनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएकोले सम्पूर्ण देशवासीलाई आन्दोलनमा सहभागी हुन आग्रहसमेत गर्नुभयो । अबको आन्दोलन सफल नभएसम्म नरोकिने दाबी गर्दै अध्यक्ष लिङ्देनले मुलुक यही अवस्थामा बसिरहन नसक्ने भएकाले अब नयाँ सम्झौतामा जानुपर्ने स्पष्ट पार्नुभयो । यदी आपूmहरुको प्रश्ताव अस्वीकार गरी गणतन्त्र पक्षधरले दमनको बाटो रोजे उनीहरु बढारिने चेतावनीसमेत दिनुभयो ।

अध्यक्ष लिङ्देनले अबदेखि राप्रपाका सबै कार्यक्रम आन्दोलनको एउटा अंगको रुपमा अघि बढ्ने घोषणासमेत गर्नुभयो ।