
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कसैले चाहेर पनि अब राजावादीहरुको एकता नटुट्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन र कमजोर बनाउन नसक्ने बताउँदै आपूmहरु एकतावद्ध भएर अगाडि बढेको दाबी गर्नुभएको हो । उहाँले आपूmहरुले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने बताउँदै जेठ १५ गते काठामाडौंमा लाखौंको संख्यामा जनता उपस्थित भएर प्रदर्शन गर्ने दाबीसमेत गर्नुभयो ।
अध्यक्ष थापाले स्वतः स्फुर्तरुपमा जिल्ला, पालिका, वडा र टोलटोलमा राजसंस्था पुनःस्थापना समिति गठन गर्न र जनता परिचालन गर्न आग्रह समेत गर्नुभयो । गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गर्दै अध्यक्ष थापाले अब राष्ट्रवादी नेपालीको चिन्ताको अन्त्य भएको दाबी गर्नुभयो । उहाँले लामो समयदेखि नेपाली जनताको गुनासो रहँदै आएको कुरा आजदेखि पूरा भएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष थापाले राजावादीहरुको एकता अब कसैले चाहेर टुटाउन नसक्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्