
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाईंमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्ने बताउनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति र पाकिस्तानी आंतकवादका विरुद्ध भारतको आक्रमण लगायतले नेपाललाई झन् जोखिम बनाएको बताउनुभयो । उहाँले वर्तमान समयको जटिलतालाई सामना गर्न सरकारलाई तयार रहन आग्रह समेत गर्नुभयो । उहाँले आंतकवादीविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ र समर्थन दिनुपर्ने जिकिर गर्नुभयो ।
सांसद खतिवडाले धितोपत्र बोर्डका अध्यक्षका कमिसन काण्डहरू बाहिर आएको भन्दै यो विषयमा सरकारले दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्