
काठमाडौं । प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनको लागि सरकारले पहल बढाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले विमानस्थललाई नियमित सञ्चालन गराउनको लागि पहल बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले विमानस्थल सञ्चालनको लागि व्यवसायीहरूले आन्दोलन गरिरहेको बताउँदै सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद आचार्यले म्यानपावर कम्पनी, स्वास्थ्य जाँच गर्ने कार्यालय, भिसा सहजीकरण कार्यालय लगायतका अत्यावश्यक सरकारीहरू स्थापना गरिनुपर्ने जिकिर गर्नुभयो । उहाँले व्यवसायीहरूले विमानस्थल नचल्दा मर्कामा परेकोले उनीहरूले क्षतिपूर्ति समेत माग गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद आचार्यले कपिलवस्तुको तिलौराकोट उत्खनन, पुनर्निर्माण र संरक्षणको पखाइमा रहेकोले त्यसको लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले वार्षिक डेढ लाख पर्यटक पर्यटक जाने तिलौराकोटमा व्यवस्था कमजोर भएको गुनासो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्