
काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा नयाँ योजनाहरु नरहेको बताउनुभएको छ ।
बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नीति तथा बजेट संवाद कार्यक्रममा बोल्दै सांसद जबराले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम ‘बोरिङ’ रहेको र नयाँ कुनै योजना नरहेको बताउनुभयो । एआईलाई विधेयकमा ल्याउने भन्नेकुरा नयाँ रहेको बताउनुभयो । उहाँले तर एआईलाई विधेयकमा समेट्ने गरी अघि बढ्ना कुनै जानकारी नरहेकाले झनै भद्रगोल हुने जोखिम रहेको बताउनुभयो । नीति ल्याउने तर कार्यान्वयन नगर्ने परिपाटीले समस्या आइरहेको उहाँको भनाइ छ ।
सांसद जबराले दुई तिहाईको सरकारले केही बढी जोखिम लिएर भएपनि राम्रो बजेट ल्याउनुपर्ने बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा कार्यक्रममध्ये ७० प्रतिशत कार्यक्रम योजना बैंक बाहिरका रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्