२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


‘पहुँचका आधारमा बजेट विनियोजन नगरियोस्’


130
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले भनसुन र पहुँचका आधारमा नभई आवश्यकता बजेट वितरण गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साउदले यस्तो बताउनुभएको हो । उहाँले विगतमा भनसुन र व्यक्तिगत पहुँचका आधारमा एउटै क्षेत्रमा बजेट खन्याउने दृष्टान्त रहेको उल्लेख यस्ता कार्य दोहोरिन नदिन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद साउदले मुलुकको सन्तुलित विकास हुनेगरी बजेट विनियोजन गर्नुपर्ने धारणा राख्नुभयो । साउदले योजना निर्माणमा स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्य नहुँदा योजना दोहोरिने भएको कारण सचेत हुन आवश्यक रहेको समेत बताउनुभयो ।

सांसद साउदले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनेगरी बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।