२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीन : सांसद यादव


169
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निराशाजनक र कर्मकाण्डी भएको बताउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद यादवले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रममा अलमल रहेको र यसको औचित्य नभएको समेत बताउनुभयो ।

सांसद यादवले विगतको सरकारले नीति तथा कार्यक्रममाथि छलफल गराउँदा नेपाली जनताको भावनालाई बुझेर गराउने गरे पनि वर्तमान सरकारले त्यसो गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकारले ल्याएको नीति विभेदकारी भएको समेत टिप्पणी गर्नुभयो ।

सांसद यादवले विभिन्न आधारहरू तय गर्न नसक्दा समाजवादको यात्रालाई कसरी अगाडि बढाउन सकिन्छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले वर्तमान सरकार अप्राकृतिक र बिचौलियाको आधारमा बनेको आरोप दोहो¥याउनुभयो ।

सांसद यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकमा उत्साह थप्न नसकेको टिप्पणी समेत गर्नुभयो ।