२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


‘पुरातन शैली र नेतृत्व बाधक नबनिदिए मुलुक आफैं बन्छ’


351
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनैपनि समस्याको समाधान दिन सक्नेगरी नआएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अब मुलुक पुरातन शैली र पुरातन नेतृत्वबाट बन्न नसक्ने भएकाले पुरातन शैली र पुरातन नेतृत्व बाधक नबनिदिए युवाहरुले नै देश बनाउने दाबी गर्नुभयो ।

नीति तथा कार्यक्रममा नीति र कार्यक्रम छुट्याउन नसक्ने गरी आएको आरोप लगाउँदै सांसद श्रेष्ठले कार्यान्वयनको कमजोर श्रृंखला कायमै रहेको बताउनुभयो । साथै, नीति तथा कार्यक्रममा आजको युवाको सोच र स्वभावसँग मेल खाने कुनैपनि प्ररकारको कार्यक्रम रहेको दाबी गर्नुभयो । नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरतामात्रै भएको र नीति तथा कार्यक्रममा दूरदृष्टि र आत्मनिर्भरताको अभाव देखिएको आरोप लगाउनुभयो ।

सांसद श्रेष्ठले प्राकृतिक विपत्तिका विषयमा छलफल र चिन्ता गरिने तर त्यसको पूर्व तयारीको अभाव रहेको समेत बताउनुभयो ।