
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारदाताले आवश्यक पर्ने जनशक्ति नपाएको बताउनुभएको छ ।
बुधबार राजधानीमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको एक कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले दुईपक्षलाई जोड्न नसक्दा श्रमिकले काम नपाएको र रोजगारदाताले समेत श्रमिक नपाएको बताउनुभयो । उहाँकाअनुसार यही ग्यापलाई सम्बोधन गर्न सरकारले श्रमसञ्चार अनलाइन पोर्टल सञ्चालनमा ल्याएको बताउनुभयो ।
श्रममन्त्री भण्डारीले हरेक वर्ष ४ लाख जनशक्ति श्रम बजारमा आउने गरेको बताउँदै त्यो शक्ति कति सीपयुक्त हुन्छ भन्ने महत्वपूर्ण हुने बताउनुभयो । अहिले वैदेशिक रोजगारमा जानेको लहर चलेपनि मुलुकभित्रै ठूलो जनशक्तिको आवश्यकता रहेको भण्डारीको भनाई छ ।
श्रममन्त्री भण्डारीका अनुसार गहना बनाउने ८ लाख, निर्माणमा २० लाख, तयारी पोसकामा समेत उत्तिकैसंख्यामा बाहिरबाट मान्छे काम गर्न नेपालमा आइरहेका छन् । त्यसका ठाउँमा रिप्लेस गर्न सकेपनि नेपालमा धेरै जनाले रोजगारी पाउने स्थीति बन्नेछ ।
श्रममन्त्री भण्डारीले सबै श्रमसम्बन्धि सेवा सुचनासहित सम्पूर्ण जानकारी दिनका लागि श्रमसंसार डिजिटल पोर्टल शुरु गरेको बताउँदै ७५३ ओटा पालिकालाई जोड्ने तयारी भएको बताउनुभयो । नेपालमा बिना भन्सुन जागिर पाइँदैन भन्ने भाष्य सिर्जना भएको भन्दै श्रम सञ्चार पोर्टलले त्यसलाई चिर्न सघाउ पुग्ने बताउनुभयो । उहाँकाअनुसार त्यसपछि त्यो पोर्टललाई नागरिक एपसँग जोडिनेछ ।
त्यो पोर्टललाई वैदेशिक रोजगारीको डिमाण्डसँग जोडिने बताउँदै श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारका डिमाण्डहरु जोडिसकेपछि विचौलियाले जुन ठग्ने गरेका छन त्यहीबाटै नियन्त्रण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँकाअनुसार अहिले भैसिपाटीमा मात्रै टे«निङ सेन्टर छैन ।
राष्ट्रिय व्यवसायि तालिम केन्द्रलाई त्यसलाई सरकारले प्रतिष्ठान बनाइसकेको छ । त्यहाँबाट रोजगारीका तालिमहरु संचालन भइरहेको छ । श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरु छोटो समयका लागि गएको बताउँदै फर्केर आउनेको सिपलाई परिचालन गर्न सकेपनि मुलुक समृद्ध बन्नेछ ।
वैदेशिक रोजगारीमा ३६ हजार ठगीको उजुरी रहेको र त्यसको फरफारक गर्न काम भइ रहेको, स्वचालित हिसाबले न्यूनतम तलब निर्धारण गर्न गृहकार्य भएको, समाजिक सुरक्षा अनिवार्य गर्ने,ऐन कानून संशोधन गर्नेजस्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्