२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन सरकारलाई सांसद कंसाकारको आग्रह


156
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दबासिनी कंसाकारले जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कंसाकारले लामो समय अगाडी दर्ता गरिएको जलनसम्बन्धी गैरसरकारी विधेयक अहिलेसम्म छलफलमा नल्याइएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सातै प्रदेशमा जलन उपचार बिस्तार गर्ने बताइरहँदा उक्त विधेयक छलफलमा नआएको गुनासो समेत गर्नुभयो । उहाँले विधेयकलाई तत्काल सदनमा ल्याएर छलफल अगाडी बढाउन र भविष्यमा जलन पीडितको उपचार अन्योलमा नर्पान समेत सरकारलाई आग्रह गर्नुभयो ।

मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी गैरसरकारी विधेयक गत वर्षको भदौमा प्रतिनिधि सभामा दर्ता भएको थियो ।