२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन’


637
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभइ छलकपटबाट फालिएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने बताउनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै उहाँले रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले अहिलेका राजनीतिक दलहरुको जन्म विदेशमा भएको बताउँदै यसको प्रमाण राजदुत भइसकेका व्यक्तिको अभिव्यक्तिहरुबाट मिल्ने बताउनुभयो ।

प्रमुख सचेतक शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरुले ल्याइदिएको बताउनुभयो ।