
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले विपक्षीहरुमाथि भइरहेको राजनीतिक प्रतिशोध नराकिए चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै सांसद झाले यस्तो चेतावनी दिनुभएको हो । उहाँले पार्टी सभापति रवि लामिछाने र रेशम चौधरीप्रति गरिएको व्यवहार तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिन लागेको घटना नियोजित राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको टिप्पणी गर्नुभयो । उहाँले पछिल्लो समयमा भइरहेका राजनीतिक प्रतिशोधका घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको र गम्भिर भएर हेरिरहेको सांसद झाको भनाइ छ ।
सांसद झाले जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिइएको भन्दै आपत्ति समेत जनाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्