
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष साहले जानकी जयन्तीको अवसरमा बिदा नदिइएको भन्दै आपत्ति जनाउनुभएको हो । राम नवमीमा बिदा दिइने भएपनि जानकी जयन्तीको उपेक्षा हुनु सरकारको लैंगिक विभेदपूर्ण दृष्टिकोण भएको उहाँको आरोप छ । उहाँले प्रधानमन्त्रीले आफ्नो जन्मदिन धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो ? भन्दै प्रश्न गर्नुभयो ।
अध्यक्ष साहले जानकी जयन्तीलाई राष्ट्रिय महत्वको दिनको रूपमा स्थापित गरी सार्वजनिक विदाको घोषणा गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्