
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताउनुभएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनैपनि क्षेत्रमा रुची नदेखाएको बताउनुभयो ।
अध्यक्ष नेपालले सकरारले परम्परा धान्ने गरी मात्रै नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले सरकार परिणाम बिहीन मात्र नभइ उद्देश्य बहीन हुन पुगेको जिकिर गर्नुभयो । सरकारको विकल्प खोज्नुपर्ने भएपनि दुई ठूला राजनीतिक दलहरु मिलेसम्म कुनै विकल्प नहुने बताउनुभयो ।
अध्यक्ष नेपालले सरकार गतिहिन र यथास्थितिवादी अवस्थामा रहेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्