२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


नीति तथा कार्यक्रम आर्थिक व्यवस्थापनको संकेत मात्रै हो : आनन्दप्रसाद ढुंगाना


169
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नीति तथा कार्यक्रम देशहित, प्रगति र अग्रगामी निकासका लागि आएको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद ढुंगानाले नीति तथा कार्यक्रम लोकतान्त्रिक गणतन्त्रको संविधानलाई बलियो बनाउने गरी आएको दाबी गर्नुभयो । उहाँले विकास निर्माणका परियोजनाहरु चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरी योजना ल्याइएको बताउनुभयो । विगतमा एउटै योजनाहरु स्थानीय, प्रदेश र संघीय सरकारले बनाउने गरेकाले अलपत्र हुने गरेको भन्दै उहाँले वर्तमान सरकारले व्यवस्थित गर्नेगरी नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।

सांसद ढुंगानाले नीति तथा कार्यक्रमले सरकार आर्थिक व्यवस्थापनको संकेत मात्रै गर्ने भएकाले सबै कुरा लेखिएको नहुने बताउनुभयो ।