२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देख्छु : अध्यक्ष दाहाल


598
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइ सरकारको अहङ्कारको बेलुन फुटिसकेको टिप्पणी गर्नुभएको हो ।

प्रतिनिधि सभामा सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै अध्यक्ष दाहालले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैङ्कमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै आफूले दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देखेको टिप्पणी गर्नुभयो । उहाँले सरकार बनेको दश महिना पुग्दा पनि सुध्रिन नचाहेको बताउनुभयो ।

अध्यक्ष दाहालले वर्तमान सरकार सरकार सुध्रिनको लागि गठन नभएको र एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको आरोप लगाउनुभयो । उहाँले सरकार सञ्चालन संयन्त्रका सदस्यहरूले बिचौलियाहरू प्रधानमन्त्रीको शयन कक्षसम्मै पुग्छन् भन्ने दिएको अभिव्यक्तिले सरकार निश्चित वर्गको स्वार्थको बनेको पुष्टि हुने धारणा राख्नुभयो । उहाँले हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह हाबी भएको बताउँदै जनताले सेवा प्रवाह सहज रूपमा पाउन नसेको बताउनुभयो ।

अध्यक्ष दाहालले सरकार बनेको १० महिना बितिसक्दा पनि लोकका अगाडि गरिएको ७ बुँदे सहमति कार्यान्वयनतर्फ कसैको ध्यान नगएको बताउनुभयो ।