२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौं : झलनाथ खनाल


169
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले निर्वाचन आउने कुराहरु कार्यनीति लक्ष्यहरु मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको बताउनुभयो । तर निर्वाचनमा बढी भन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरुलाई जिताउनसके संसदमा गएर पनि नौटंकी सरकारको भण्डाफोर गर्न सकिने बताउनुभयो ।

नेता खनालले जनताका आवाजहरु बुलन्द गर्नसक्ने र बहुमत ल्याएको खण्डमा जनतको हितमा नीति र कार्यक्रम ल्याएर हामी लागू गर्ने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्ष २०८२—०८३ का लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम नौटंकी मात्रै भएको जिकिर गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममा बोलिने कुरा बढी र गरिने कुरा कम रहेको बताउनुभयो । वर्तमान संविधान पुँजीवादी भएको उल्लेख गर्दै आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न नसक्ने बताउनुभयो ।

नेता खनालले राष्ट्रलाई एकतावद्ध गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले वैज्ञानिक समाजवादले मात्रै नेपालमा अहिलेका समस्या समाधान गर्ने दाबी गर्नुभयो ।