
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गर्नुभएको छ ।
शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले आग्रह गर्नुभएको हो । उहाँले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताउनुभयो ।
परराष्ट्रमन्त्री राणाले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो । राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ रु भन्नेकुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताउनुभयो ।
परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरु आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्वपूर्ण माध्यम रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्