२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई त बुक’ लोकार्पण


338
Shares

काठमाडौं । वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई द बुक’ लोकार्पण भएको छ ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तकका लेखक बस्नेतले पुस्तकमा बुद्ध यएरको सफलताको कथा समेटिएको बताउनुभयो । उहाँले आफूले पुस्तकमा बुद्ध यएरले कस्तो अवस्थाबाट संस्था शुरु गरेर सफलतामा पुग्नसक्यो भन्नेबारे आफ्ना विचारहरु लेखिएको बताउनुभयो । उद्योग व्यवसायमा लाग्न चाहने वा व्यवसायको व्यवस्थापनमा लाग्नेहरुका लागि पुस्तकले सिर्जनशिल बन्न प्रेरणा दिने उहाँको भनाइ छ ।

लेखक बस्नेतले केही व्यक्तिहरुको सोच र सपनालाई मूर्तरुप दिन सञ्चालन शुरु गरेको बुद्ध यएरमा हाल १ हजार ५ सय कर्मचारी आवद्ध रहेको बताउनुभयो । पुस्तक ‘बाई त बुक’ २९ वर्षअघि सञ्चालन शुरु गरेर सफलताको शिखरमा पुगेको बुद्ध यएरको सफलताको दस्ताबेज भएको उहाँको भनाइ छ ।

हरेक समस्याहरुमा कर्मचारीहरु एकजुट भएर समस्या समाधानमा लागेकै कारण बुद्ध यएरले सफलता पाएको लेखक बस्नेतको भनाइ छ ।