
काठमाडौं । सरकारले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण व्यावसायिक बनाउने भएको छ ।
शुक्रबार संघिय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो । उहाँले कृषिमा यान्त्रिकिकरणमार्फत देशलाई कृषिमा आत्मनिर्भर बनाइने बताउनुभयो ।
राष्ट्रपति पौडेलले कृषिमा युवा जनशक्तिलाई आकर्षण गर्न भूमि, कृषि सामग्री, बजार तथा बीमाको इको सिस्टम बलियो बनाइने बताउनुभयो । उहाँले भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गरिने बताउनुभयो । आफूले गर्न लागेको व्यवसायको परियोजना धितो राखी स्थानीय वित्तीय संस्थामार्फत आर्थिक तथा कृषि उपजका सामग्रीको व्यवस्था गरिने बताउनुभयो । कृषि क्षेत्रमा जुनसुकै क्षेत्रमा काम गर्ने भएपनि प्रणालीमा आवद्य गरी पाइलट प्रोजेक्ट शुरु गरिने बताउनुभयो ।
राष्ट्रपति पौडेलले पशुपंक्षी तथा मत्स्ये व्यवसायबाट उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षा तथा कृषकको आम्दानीमा वृद्धि गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्