२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


विद्यालय शिक्षामा सुधार, विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाइने


260
Shares

काठमाडौं । सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानूनी व्यवस्था गर्ने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै शिक्षा प्रणालीमा आमुल सुधार गरिने बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान र विकासतर्फ केन्द्रित गरिने तथा उद्यमशीलतामैत्री शिक्षा नीति अवलम्वन गरी श्रम बजारमा सीपयुक्त जनशक्तिको अभाव अन्त्य गरिने बताउनुभयो । उहाँले राष्ट्रपतिले पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गरिने र आन्तरिक रोजगारी सिर्जना गरिने नीति अघि सारिएको जानकारी गराउनुभयो ।

सरकारले आन्तरिक रोजगारीमा वृद्धि गर्ने घोषणा गरेको छ ।