२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सरकारले बेवास्ता गरेर शिक्षकहरुको आन्दोलन तुहाउन खोज्यो : सांसद ज्वाला


1.547k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरी शिक्षकहरुलाई आफ्नो क्षेत्रमा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ज्वालाले शिक्षा विधेयक छिटो ल्याउनुपर्ने भन्दै यस्तो आग्रह गर्नुभएको हो ।

सांसद ज्वालाले शिक्षा विधेयकको माग गर्दै २४ दिनदेखि सडकमा रहेका शिक्षकहरुको आवाज नसुनेर सरकारले आन्दोलन तुहाउन खोजेको आरोप लगाउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नेगरी शिक्ष विधेयक ल्याउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीको शैक्षिक भविष्य अन्योलग्रस्त बनाउने गरी शिक्षक आन्दोलनलाई बेवास्ता नगर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले शिक्षकहरु चर्को गर्मीको अलकत्रामा टाँसिएर आन्दोलित अवस्थामा हुँदा सरकार कानमा तेल हालेर बसेको अरोप लगाउनुभयो ।

सांसद ज्वालाले सहकारी पीडित, मिटर ब्याजपीडित, चिकित्सकलगायतका आन्दोलनको घेराबन्दीमा सरकार रहेको बताउनुभयो । उहाँले जनताको पीडालाई दबाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिनुभयो ।