
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकास र सुशासन चाहिएको उल्लेख गर्दै भ्रष्टाचारीहरुसँग सम्झौता हुन नसक्ने बताउनुभएको छ ।
बुधबार नेपाल चेम्बर अफ कमर्सको वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्न आफूपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताउनुभयो । मुलुकमा अझैपनि थाहा नहुनेगरी भ्रष्टाचार भइरहेको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।
मुलुकलाई तिब्र गतिमा अगाडि बढाउनको लागि एकपछि अर्को अनुकुलता मिलेको उल्लेख गर्दै अध्यक्ष ओली सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति नरहेको दाबी गर्नुभयो । देशमा ठूलो योगदान गरेका र इतिहास बोकेका जिम्मेवार पार्टीहरु बहुमतको साथ सरकारमा रहेकोले मुलुकमा स्थिरता र स्थायित्व रहिरहने प्रधानमन्त्री ओलीको जिकिर छ । उहाँले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म जाने समेत उहाँको दाबी छ । मुलुकमा राजनीतिक स्थायित्वको कुरामा ढुक्क भएर लगानी गर्न तथा व्यापार व्यवसाय अगाडि बढाउन समेत उहाँको आग्रह छ ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार उद्योगी व्यवसयाी तथा श्रमजिविहरुको साथमा रहेको दोहो¥याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्