३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


व्यवसायीलाई फौजदारी कानुन लगाउन हुँदैन : महासंघ


0
Shares

काठमाडौं, असोज २ । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीलाई फौजदारी कानुनअनुसार कारबाही गर्न नहुने माग गरेको छ ।

निर्माण व्यवसायी करार कानुनअनुसार अघि बढिरहेको भन्दै गल्ती भए सोही कानुनअनुसारमात्र कारबाही गरिनुपर्ने महासंघको भनाइ छ ।

महासंघको महाधिवेशनबारे जानकारी गराउन मंगलबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा महासंघले मुलुकी संहिता संशोधन गर्न पुनः माग गरेको छ ।