झापा, असोज २ । मनसा थाई फुडस् प्रालिले ठूलो लगानीमा झापामा ‘मगमग’ चाउचाउ उद्योग सन्चालनमा ल्याएको छ ।
मेचीनगर–१४ स्थित दुवागढीमा एक अर्ब रुपैयाँको लागतमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै उद्योग सन्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै कम्पनीले आफ्नो उत्पादनबारे जानकारी गराएको हो ।
क्षमताको हिसाबले यो उद्योगमा प्रयोग गरिएको नुडल्स प्लान्ट नेपालकै सबैभन्दा ठूलो प्लान्ट रहेको कम्पनीका म्यानेजर रमेश प्याकुरेले दाबी गरे ।
उद्योगले दैनिक ७ लाख ५० हजार प्याकेट चाउचाउ उत्पादन गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्