१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्नुहुन्न : सञ्चारमन्त्री गुरुङ


403
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारण संस्थामा रुपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताउनुभएको छ ।

बुधबार सार्वजनिक सेवा प्रशारण रेडियो नेपालको ७५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले देश र जनताप्रति उत्तरदायी बनेर काम गर्नुपर्ने लक्ष्य राखेर अघि बढ्न सुझाव समेत दिनुभयो । उहाँले रेडियो नेपाल लोकतन्त्र र गणतन्त्रको सारथी भएर जनता र देशको हितमा काम गर्न स्वायत्त रहेको बताउनुभयो ।

मन्त्री गुरुङले इतिहासमा सत्ताको पञ्जाभित्र परेर अधिनायकवादीको गुणगान गाउने प्रवृत्ति केही हदसम्म परिवर्तन भएको बताउनुभयो । रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभई तीन करोड नेपाली नागरिक भएको उल्लेख गर्दै स्वायत्त भएर नीति तथा कार्यक्रमहरु अघि सार्नुपर्ने बताउनुभयो ।

बदलिँदो राजनीतिक परिस्थितमा नेपालको समृद्धि र जनताको सूचनाको हक प्रत्याभुत गर्ने कुरामा रेडियो नेपाल अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ ।