काठमाडौं, असोज २ । धावनमार्ग (रनवे)मा सामान्य धाँजा परेपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अहिले सामान्य अवस्थामा रहेको छ ।
रनवेको मर्मतको करिब १२ मिनेट समय विमान ‘होल्ड’मा परेपनि तत्कालै मर्मतपछि उडान–अवतरण सामान्य बनेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
मंगलबार साँझ करिब ५ः४० बजे विमानस्थलको कोटेश्वरतर्फको रनवेमा सामान्य धाँजा फाटेको (क्रयाक) भएको थियो । अवतरणकाक्रममा रहेका कोरियन एअरलगायतका विमान होल्डमा थिए ।
वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक–पटक समस्या आउने गरेको छ ।
विमानस्थलबाट आन्तरिकतर्फ हेलिकोप्टरसहित २० ओटा र अन्तर्राष्ट्रियमा ३० ओटा निजी वायुसेवा प्रदायक कम्पनीले सेवा दिँदै आएका छन् । रासस









प्रतिक्रिया दिनुहोस्