 
	    काठमाडौं । शीर्ष तीन दलका नेताबिच आज छलफल हुँदैछ । सोमबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच छलफल हुने भएको हो ।
बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा छलफल हुने बुझिएको छ । गत चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहालसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिनुभएको थियो ।
उक्त विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले दाहाललाई भेट्नुभएको थियो । शीर्ष नेताहरुको आजको बैठकमा संक्रमणकालीन दुई वटा आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल हुनेछ ।
यसै गरी पछिल्लो राजनीतिक घटनाक्रम, राजावादीहरुको आन्दोलन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्