 
	    काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चालु आर्थिक वर्षभित्रमा मन्त्रालयबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य रोखेर काम गरिरहेको दाबी गर्नुभएको छ ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री ठकुरीले यस्तो दाबी गर्नुभएको हो ।
मन्त्री ठकुरीले वनसँग सम्बन्धीत क्षेत्रमा सिर्जना हुने उक्त रोजगारीले युवा पलयान रोक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपति चुरे विकास कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम र जलाधारमा आधारित जिविकोपार्जन आयोजना तथा गण्डकी जलाधार आयोजनामार्फत भिरालो जमिनमा फलफुल लगायतका खेतीहरु गरेर बाँझो जमिनमा उत्पादन प्रवद्र्धन गर्नेगरी काम गरिरहेको बताउनुभयो । उहाँले मानव वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरण गर्नको लागि जंगली जनावरहरुको लागि वनभित्रै बस्नेगरी काम गरिरहेको समेत बताउनुभयो ।
प्राकृतिक विपद् न्युनिकरण तथा वन व्यवस्थापनको क्षेत्र मन्त्रालयको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्