Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


एकीकृत समाजवादीले बैठक बोलायो


533
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन आगामी चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्ने भएको छ ।

सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रूपान्तरणका लागि शुरु गरेको समाजवादी अभियानलाई देशभर प्रभावकारी रूपमा सञ्चालन गर्न सबै कमिटीबाट कार्यक्रम अनुमोदन गराउन बैठक आह्वान गरिएको हो । चैत २ गतेदेखि आगामी वैशाख २२ गतेसम्म अभियान जारी रहने बताइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरूको संयुक्त बैठक आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बस्ने भएको छ भने केन्द्रीय मोर्चा सङ्गठनको बैठक यही चैत ७ गतेका लागि बोलाइएको छ ।

आज बस्ने जिल्ला कमिटीहरूको संयुक्त बैठकले आगामी चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौंमा हुने विरोध प्रदर्शन तथा आमसभाको तयारी, व्यवस्थापन तथा अधिकतम जनसहभागिता गराउने विषयमा छलफल गर्ने पार्टीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।