१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


विकास सम्मेलन आयोजना गर्न माग


130
Shares

काठमाडौं । गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले वैदेशिक सहायता परिचालनलाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । महासंघले आइतवार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले गैरसरकारी संस्थाहरुले मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पुर्‍याउँदै आएको दाबी गर्नुभयो ।

वैदेशिक सहयोग रोकिँदा नेपालको शिक्षा, स्वास्थ्य, पर्यावरण, बालबालिकालगायत धेरै क्षेत्र प्रभावित भएको भन्दै अध्यक्ष भट्टराईले जलवायुजन्य कार्य लगायतमा वैदेशिक सहयोग लिनुपर्ने बताउनुभयो. । तत्काल वैदेशिक सहयोग विकास सम्मेलन आयोजना गर्न पनि उहाँले माग गर्नुभयो ।

गैरसरकारी संस्थाले ल्याएको सहयोगबाट देशको जीडीपीमा १५ प्रतिशत योगदान पुगेको दाबी गर्दै भट्टराईले वैदेशिक सहयोग परिचालनलाई व्यवस्थित गर्ने नाममा गृहमन्त्रालयले अस्वभाविक रुपमा विद्यमान ऐनलाई एकीकृत गर्ने तयारी गरेको भन्दै आपत्ति जनाउनुभयो ।