१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै


0
Shares

काठमाडौं । आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण भन्ने मूल नाराका साथ बिश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाईदै छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विशेष समारोहको आयोजना गरेर यो दिवस मनाउदै छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।

वश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।