काठमाडौं, असोज २ । भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत् मंगलबार तेस्रो स्थानका लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ ।
लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको हो ।
अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो ।
अफगानिस्तानको लागि रियाद हशनले सर्वाधिक ११७ रन जोडे । उनले १४९ बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे । त्यसैगरी, बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे ।
बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले २/२ विकेट लिए ।
यसअघि, भएको लिग चरणको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले पराजित गरेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस








प्रतिक्रिया दिनुहोस्