२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस् : सांसद घिमिरे


1.209k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको देवत्वकरण गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद घिमिरेले एउटा कर्मचारीमाथि दलीयकरण गरेर प्रतिपक्षी दलहरुले जग हसाँएको समेत आरोप लगाउनुभयो । नेपालको कर्मचारीतन्त्र दुधले नुहाएको नभएको उल्लेख गर्दै उहाँले राम्रा/नराम्रा पक्षहरुको विश्लेषण गर्नुपर्ने बताउनुभयो ।

सांसद घिमिरेले यसैगरी देवत्वकरण गर्ने भए घिसिङलाई नै प्रतिपक्षी दलको अध्यक्ष बनाउन व्यंग्य आग्रह गर्नुभयो ।