Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


सडक अतिक्रमण गरि बनाइएका घर डोजर लगाएर भत्काइयो


3.8k
Shares

सुनसरी । सुनसरीको धरान र बिराटनगरको रानी सम्मको ६ लेन सडक बिस्तारका लागि सुनसरीको दुहबी बजारमा सडक अतिक्रमण गरि बनाइएका घरहरु आजबाट डोजर लगाएर भत्काउन शुरु गरिएको छ ।

दुहबी नगरपालिकाले ६ लेन सडक बिस्तार गर्न प्रहरी परिचालन गरि बजार क्षेत्रका घरहरु भत्काउन शुरु गरेको हो ।

धरानदेखि विराटनगरको रानीसम्मको ६ लेन सडकको निर्माण अन्य ठाउँमा अन्तिम चरणमा पुगेको अवस्थामा दुहबीमा भने स्थानीय बासिन्दाले घर खाली नगरेका कारण सडक बिस्तारमा अवरोध पुगेकाले डोजर लगाएर भत्काउनु परेको दुहबी नगरपालिकाका मेयर बेद गच्छदारले बताउनुभयो ।

मेयर गच्छदारले दुहबी नगरपालिकाको अनुरोधमा दुहबी बजार क्षेत्रमा घर खाली गराउन पर्याप्त नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

६ लेन सडक खाली गर्न दुहबी नगरपालिकाले सुरक्षा माग गरेका कारण दुहबी बजारमा प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले बताउनुभयो ।

धरान–रानी ६ लेन सडक बिस्तार हुँदा यातायातका साधन सञ्चालनमा सहज हुने धरानका यातायात व्यवसायी सरोज श्रेष्ठको भनाइ छ ।