
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आउँदो आर्थिक वर्षको बजेट अधुरा र सम्पन्न हुन नसकेका आयोजनाहरु सम्पन्न गर्नेगरी ल्याउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद घिमिरेले प्रत्येक वर्ष नयाँ कार्यक्रम थप्ने तर पूरा नगर्ने प्रवृत्तिका कारण आयोजनाहरु सम्पन्न हुन नसकेको बताउनुभयो । उहाँले लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरिएको भएपनि योजनाहरु सम्पन्न हुन नसकेको बताउनुभयो ।
सांसद घिमिरेले थालिएका योजनाहरु सम्पन्न गर्नेगरी अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्