काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योगमा काम गरेका श्रमिकहरुले तीन वर्षदेखि ज्याला नपाएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद झाले उद्योगमा काम गर्ने श्रमिकहरुमध्ये तीन जनाको मृत्यु भइसकेको र एकजना किड्नी फेल भएर अस्पताल भर्ना हुँदा समेत सरकारले ज्यालावापत पाउनुपर्ने रकम नदिएको आरोप लगाउनुभयो । उहाँले अवकासमा गएको लामो समयसम्म पनि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति गर्दा श्रमिकहरुले ज्याला पाउन नसकेको बताउनुभयो ।
सांसद झाले सरकारले आफ्ना कार्यकर्ता भर्ना गर्न नपाएको कारण कुलमानलाई हटाउने खेल खेलिरहेको आरोप समेत लगाउनुभयो ।







प्रतिक्रिया दिनुहोस्