
काठमाडौं । ललितपुरको टिकाथलीमा जमिनमुनिको पानी निकाल्ने क्रममा ग्यास समेत निस्किएको छ ।
महालक्ष्मी नगरपालिकाको वडा नं ५ टिकाथलीको गोदावरीखोला नजिक बोरिङ गर्ने क्रममा पानीसँगै ग्यास निस्किएको र त्यसमा आगो लागेको हो ।
पानीसहित बल्दे गरेको ग्यास निस्किएपछि उक्त स्थानमा बोरिङको काम अहिले रोकिएको छ । विगतमा पनि सो क्षेत्रका विभिन्न स्थानमा यस्तै ग्यास निस्किएको थियो ।
स्थानीयहरुले यसबारे भूर्गभ विभागले अनुसन्धान गर्नु पर्ने माग गरेका छन् । उपत्यकाकाको जमिनमुनि ठूलो मात्रामा ग्यासको भण्डारण रहेको अनुमान गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्