काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. उदय समशेर जबराले सहकारीको समस्यका कारण नेपाल ग्रे लिस्टमा परेको बताउनुभएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारी रहेको जिकिर गर्नुभयो । उहाँले सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत नखोजिने कारण पनि यि समस्या बढेको बताउनुभयो ।
सांसद जबराले सहकारीलाई नियमन गर्नको निम्ति पनि सरकारले क्षमता बढाउन जरुी रहेको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्