Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


भाषाविद् चूडामणि गौतमको निधन


650
Shares

काठमाडौं । भाषाविद् चूडामणि गौतमको निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो ।

दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत गौतमको उपचारका क्रममा निधन भएको हो । उहाँ २००० साल असोज १ गते तेह्रथुमको खाम्लालुङमा जन्मिनुभएको थियो ।

‘ग्रामर गुरु’का नामले परिचित गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो ।

गौतमले लेखेका भाषा सम्बन्धी पुस्तकहरुमा गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, नेपाली–इङ्गलिस डिक्सनरी, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली शब्दको दुर्दशा, विद्यालयको नेपाली शब्दकोश, नेपाली व्याकरण तथा रचनालगायत रहेका छन् ।