१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


स्काउटको अवस्था देशभर खस्किँदै गएको छ : खेलकुदमन्त्री चौधरी


936
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको अवस्था देशभर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

शनिबार स्काउट डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले मधेस प्रदेशमा स्काउटको अवस्था दयनीय रहेको बताउनुभयो ।

मन्त्री चौधरीले मधेस प्रदेशको स्थिति हेर्दा देशमा स्काउट हराएको महशुस भएको बताउनुभयो । मधेस प्रदेशमा स्काउटको नेतृत्व गर्ने व्यक्तिहरु केही पनि नजान्ने र स्काउटसँग सरोकार नै नराख्ने किसिमका रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा स्काउटलाई राम्रो बनाउने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री चौधरीले स्काउटमा बारम्बार काम गर्न खोजे पनि काम हुन नसकेको स्वीकार गर्नुभयो । स्काउटको नयाँ कार्यसमितिमा कुनै राजनीतिक दबाब बिन कर्मचारी ल्याएको बताउनुभयो । सार्वजनिक संस्थामा आउनेहरुले राजनीति गर्न नहुने बताउनुभयो । राजनीति गर्ने भए वडाध्यक्ष, सांसदमा प्रतिष्पर्धा गर्न आग्रह गर्नुभयो ।